चीनको लाइटहाउसलाई ‘विरासत प्रकाशस्तम्भ २०२५’ उपाधि

चीनको लाइटहाउसलाई ‘विरासत प्रकाशस्तम्भ २०२५’ उपाधि

चीनको हाइनान प्रान्तमा रहेको लिङ्गाओ लाइटहाउस सन् २०२५ का लागि ‘विरासत प्रकाशस्तम्भको वर्ष’ को अन्तर्राष्ट्रिय उपाधिबाट विभूषित भएको छ । अन्तर्राष्ट्रिय समुद्री नेभिगेसन सहायता संगठन (क्ष्ब्ीब्० ले सन् १८९४ मा निर्माण गरिएको २२ मिटर अग्लो, रातो–सेतो धर्काले सजिएको फलामको संरचनायुक्त लिङ्गाओ लाइटहाउस हाइनानको सबैभन्दा पुरानो आधुनिक प्रकाशस्तम्भ हो ।

सन् २०१९ देखि दिन थालिएको उपाधि र पुरस्कार कार्यक्रमअन्तर्गत पहिलोपटक कुनै चिनियाँ प्रकाशस्तम्भलाई यो मान्यता प्रदान गरिएको छ । यसबाट चीनको समुद्री सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा बढ्दो अन्तर्राष्ट्रिय स्वीकार्यतालाई पुष्टि गरेको छ ।

उक्त संगठनका महासचिव फ्रान्सिस जाखारियका अनुसार, ‘लिङ्गाओ लाइटहाउस एउटा उत्कृष्ट उदाहरण हो—जहाँ नेभिगेसन सुरक्षा, सांस्कृतिक सम्पदा, ऐतिहासिक मूल्य र भावी पुस्ताका लागि शैक्षिक कार्यक्रमहरू सँगसँगै जोडिएका छन् ।’

उनका अनुसार यो प्रकाशस्तम्भ भौतिक संरचनाका हिसाबले संरक्षणमा सफल, स्थानीय समुदायसँग जोडिएको संग्रहालय र शैक्षिक गतिविधिहरूमार्फत सामाजिक उपयोगितामा पनि उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ ।

सम्मान यसै साता हाइनानको प्रान्तीय राजधानी हाइकौमा सम्पन्न ‘अन्तर्राष्ट्रिय विरासत प्रकाशस्तम्भ संरक्षण गोष्ठी’को अवसरमा प्रदान गरिएको हो ।
 

टिप्पणीहरू