लुओयाङ शहर : भव्य सांस्कृतिक धरोहर

लुओयाङ शहर : भव्य सांस्कृतिक धरोहर

सांघाई सहयोग संगठन (एससीओ) को सञ्चार तथा थिंक ट्यांक सम्मेलनका १०० भन्दा बढी अतिथिहरूले हालै चीनको ऐतिहासिक शहर लुओयाङको भव्यता र सांस्कृतिक धरोहर अवलोकन गरेका छन् । 

लुओयाङलाई चिनियाँ सभ्यताको एक प्राचीन केन्द्र मानिन्छ । प्राचीनकालमा १३ वटा राजवंशको राजधानीको भूमिका निर्वाह गरिसकेको उक्त शहरलाई सिल्क रोडको पूर्वी प्रवेशद्वार र सुई–ताङकालीन महान जलमार्गको महत्वपूर्ण भागको रूपमा लिने गरिन्छ ।

अतिथिहरूले डिङ्डिङ गेट साइट म्युजियममा सिल्क रोड युगको इतिहासको अनुभव गर्दै भने ताङ राजवंशको सांस्कृतिक वैभव झल्कने ‘वुहुआङ शेंग्यान’ रेस्टुरेन्टमा खाना खाएका थिए । मनोरञ्जन लिने क्रममा थाङकालीन पोशाकमा सजिएका कलाकारहरूसँग अतिथि नृत्यमा समेत सहभागी भएका थिए ।

यटिओ ग्रुपको ‘डोन्गफाङहङ इनोभेसन हब’ मा आधुनिक कृषि उपकरण र औद्योगिक विकाससँग परिचय गराएकाले धेरैले चीनको प्राविधिक सहयोगले विश्वका धेरै मुलुकमा कृषि विकासलाई थप मजबुत बनाएको अनुभव गरेका थिए ।

लोंगमेन् गुफाहरूमा रहेको भीमकाय आकारका बुद्ध मूर्ति र ढुंगामा कुँदिएको अद्भुत कलाको दृश्यावलोकनले अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो । पर्यटनमार्फत् अन्तर्राष्ट्रिय आदानप्रदानलाई अझ सशक्त बनाउन चाहेको लुओयाङ भ्रमणपछि अतिथिहरुले शहरको ऐतिहासिक र आधुनिक पक्ष दुबैको प्रशंसा गरेका थिए ।

 

टिप्पणीहरू