सुनको जलप लगाइएको बुद्धको मूर्ति चीनलाई उपहार

सुनको जलप लगाइएको बुद्धको मूर्ति चीनलाई उपहार

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपालले चीनलाई बुद्धको सुनको जलप लगाइएको मूर्ति उपहारस्वरूप प्रदान गरेको छ ।

चीनको युन्नान प्रान्तमा आज आयोजित विशेष समारोहमा युन्नान बौद्ध संघलाई ७० किलोग्राम तौलको उक्त मूर्ति हस्तान्तरण गरिएको छ । सुनको जलप लगाइएको उक्त मूर्ति बनाउन नेपाली मूर्तिकारहरूलाई करिब आठ महिना लागेको थियो ।

नेपाल–चीन कार्यकारी परिषद्का अनुसार ऐतिहासिक अवसरमा प्रदान गरिएको यस उपहारले दुई देशबीचको आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । साथै, यसले आपसी सम्मान, क्षेत्रीय सद्भाव र शान्तिपूर्ण सहअस्तित्वलाई प्रवद्र्धन गर्ने अपेक्षासमेत गरिएको छ ।

उक्त मूर्ति प्राप्त गरेपछि युन्नानस्थित बौद्ध भिक्षुहरूले नेपालप्रति आभार व्यक्त गर्दै बौद्ध शिक्षालाई थप गहिराइमा आत्मसात गर्न मद्दत पुग्ने जनाएका छन् ।

टिप्पणीहरू