९२ वर्षीय इन्द्रबहादुरको जनआस्था प्रेम
भनिन्छ नि,‘विश्वास जित्नु ठूलो कुरा होइन,विश्वास कायम राख्नु महत्त्वपूर्ण पाइला हो ।’ मुलुकमा नयाँ प्रविधिका मिडिया हाउसको बाढी लाग्दा जनआस्था साप्ताहिकले ३१ वर्षदेखि ब्ल्याक एण्ड ह्वाइटमै आफ्ना पाठकमाझ सँधै सत्य समाचार पस्किएर विश्वास कायम राखिरहेको छ । हजारौं अनलाइन मिडिया र पत्रिकाका बाबजुद जनआस्थाले अरुभन्दा फरक र नयाँ समाचार खोजेर आफ्ना पाठकमाझ ल्याइरहेको छ ।
जसका कारण पाठकहरु हरेक बुधबार खोजीखोजी जनआस्था पत्रिका पढ्छन् । तिनैमध्येका हुन्,९२ वर्षीय इन्द्रबहादुर भण्डारी । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३, धुस्कुनका उनी भक्तपुरको झौखेल बस्छन् । हरेक साता बुधबारको पर्खाइमा हुने इन्द्रबहादुर जनआस्थाको नियमित पाठक हुन् ।
जनआस्थामा प्रकाशित हुने राजनीतिक विषयले आफूलाई चेतनशील बनाएको उनको जिकिर छ । सानो अक्षर भए पनि फरर पढ्न सक्ने उनी जनआस्था पढ्दा आनन्द आउने बताउँछन् ।
टिप्पणीहरू