आइजी त्यसो भन्ने, तलको चोखो बन्ने ?
ठूलाले बोल्दा जयजयकार, सानाले बोल्दा हाहाकारको कथन सशस्त्र प्रहरीमा लागु भएको छ । राष्ट्रिय सभाको समितिमा आइजिपी राजु अर्याल २४ घण्टा खट्नेलाई प्रतिदिन दुई सय ३ रूपैयाँमा खान पुग्दैन भन्दा हाइहाइ भए । तर, त्यही खान नपुग्ने बजेटबाटै टन्न खाइदिने काभ्रेको एसपीलाई भने कारबाही गरिएको छ । अर्यालले त संगठनको हितमा बोले । तर, त्यही परिधिभित्र रहेर एसपी प्रेम प्रसाईंंले ६० प्रतिशतलाई बिदा छोडी राशनवापत तिनको पैसा एकल रूपमा खाएबापत कारबाही गर्नु संवेदनशील कुरा हो ।
सशस्त्र प्रहरीका धेरै कार्यालयमा धेरैभन्दा धेरै बिदा किन छोडिन्छन् ? त्यरी छाडिएको रकम बचत गरेर काम चलाउने हो भने त त्यस्ता ठाउँमा सिपाहीहरूले चार सयसम्मको राशन खान पाउनुपर्ने हो । झापाको अवस्था यस्तै हो । उदयपुर, इलाम र जुम्लामा पनि त्यस्तै हुन्छ । मकवानपुर, तनहुँ र सुर्खेत बाहिनीको कथा पनि फरक छैन । मातहतका अधिकृतहरूले आइजी अर्यालको धारणाबमोजिम किन काम गर्न सकेनन् ?
असोजमा काभ्रेबाट ५० जना सशस्त्र प्रहरी उध्दारमा खटाउने अवस्था थिएन । रोशीमा त्यत्तिका मान्छे मर्दाका जिम्मेवार को हुने । त्यतिखेर पनि बिदाको कुरा उठेको थियो । तर प्रसाईंले सबै कुरा ढाकछोप गर्न सफल भए । अहिले आएर बल्ल समस्या बल्झिएको हो ।
दार्चुलाका त्रिभुवन बिष्टले मच्चाएको रासन काण्डको बारेमा कुरा उठाउनेलाई जेल हालियो, जागिर खोसियो । तर, हाकिमलाई भने बढुवा दिएर तालिम केन्द्र, त्यसपछि काभ्रे अनि हेडक्वार्टर भित्रको कार्यदलमासमेत राखियो । सो कार्यदलमा कमल तिउसिना गणपति हुँदा अख्तियारले छापा हानेको थियो । अहिले त्यहाँ देवराज अर्याल एसपी छन् । शैलेन्द्र खनाल आइजी हुँदा सो कार्यदलबाट अख्तियारले सबै डकुमेन्ट लगेको थियो ।
– देखी जान्नेहरु
टिप्पणीहरू