राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षमा शर्मा

राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षमा शर्मा

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मालाई नियुक्त गरेको छ । आज अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी चार वर्षका लागि नियुक्त भएका हुन्।

यसअघि शर्मासहित तीन जनाको नाम सिफारिस भएको थियो । लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको समितिले शर्मासहित पूर्व सचिव अर्जुन पोखरेल र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो । 

शर्मा राष्ट्रिय सहकारी बोर्डमा सदस्य सचिव थिए ।

टिप्पणीहरू