इनरुवामा घरभित्रै दम्पतीको शव
सुनसरीको इनरुवामा एक दम्पतीको शव घरभित्रै फेला परेको छ । इनरुवा नगरपालिका–९, बबियाका ३५ वर्षीय सुकदेव शर्मा र पत्नी सवेता खातुनमध्ये श्रीमानको शव झुण्डिएको अवस्थामा श्रीमती सुतेको अवस्थामा भेटिएका हुन् ।
प्रहरीले उनीहरुको निधन शंकास्पद रहेको जनाएको छ । बिहान अबेरसम्म घर बाहिर ननिस्किएपछि शर्मा छिमेकीले दम्पतीको खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
टिप्पणीहरू