अदालतबाट हत्कडीसहित भागेका थुुनुवा बसपार्कमा
फाइल फाेटाे
काठमाडौं जिल्ला अदालतबाट आज दिउँसो हत्कडीसहित फरार थुनुवा गोंगबु बसपार्कमा भेटिएका छन् ।
चोरी कसुरमा अदालत पुर्याइएका दशरथ शाहीलाई प्रहरीले अपरान्ह बसपार्कमा पक्रेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ का शाही थुनछेक बहसको क्रममा शौचालय जाने भन्दै फरार भएका थिए । चोरी कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेमा रहेका उनलाई आज अदालत पुर्याइएको थियो ।
हत्कडीसहित अदालतको सुरक्षा घेराबाट निस्केका उनी एकाएक गोंगबु पुगेका हुन् ।
टिप्पणीहरू