लुम्बिनी कोषलाई एसबिआईको आर्थिक सहयोग
नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोषलाई आर्थिक सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोषद्वारा सञ्चालित विभिन्न संरक्षणका कार्यक्रमका लागि १० लाख रुपैयाँ सहयोग गरेको हो ।
भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ्ग, विश्वव्यापी बजार र प्रविधि) राममोहन राव अमाराले कोषका सदस्यसचिव सानुराजा शाक्यलाई एक कार्यक्रमबीच सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोग रकमले वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तीर्थयात्री, आगन्तुकलाई सुविधा प्रदान, पैदलमार्ग निर्माण तथा मर्मतका काम गरिने जनाइएको छ । कार्यक्रममा बैंककी अध्यक्ष जयती बन्सल, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीसहित उच्च पदस्थ कर्मचारी तथा कोषका वरिष्ठ पदाधिकारीहरु सहभागी भएका थिए ।
एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । हाल बैंकका एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ्ग, सात प्रादेशिक कार्यालय, एक सय २५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
टिप्पणीहरू