टिकटकरलाई ३० हजार धरौटीको आदेश
विद्युतीय कसुरमा पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासको आदेशमा उनलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न भनिएको छ ।
खोटाङकी तर भक्तपुर बस्दै आएकी उनलाई प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेशी समुदायलाई होच्याएर साम्प्रदायिक खलल पुर्याएको आरोपमा असार १ गते पक्राउ गरिएको थियो ।
टिप्पणीहरू