माधव नेपालसँग ३५ लाख धरौटी माग
पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धरौटीमा छाड्न आदेश भएको छ ।
विशेष अदालतका न्यायाधीश तेजनारायण राई,रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेकोमा आज बयान र थुनछेक बहस भएको थियो ।
झण्डै तीन घण्टा लामो बयान दिनुभएका नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा,खम्बबहादुर खाती,रमण श्रेष्ठलगायतले बहस गरेका थिए भने, अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त,मोहनसागर बस्याल, भगवती देवी गौतमलगायतले बहस गरेका थिए ।
टिप्पणीहरू