सरकारले संसदलाई हेपेको गुनासो

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको गुनासो गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित ३ जना मन्त्री अनुपस्थित रहेपछि उनले सरकारले सदनलाई हेपेको बताएका हुन् । संसद सचिवालयबाट कार्यसूचि आउने तर मन्त्री नआएपछि फेरि हटाउने क्रम जारी रहेको भन्दै पाण्डेले कडा आपत्ति जनाए ।
सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै उनले आक्रोशपूर्ण प्रश्न गरे । ‘सरकारले यो सदनलाई यत्ति हेपेको छ । यसको बयान गरी साध्य छैन । बारम्बार हामीलाई कार्यसूचि आउँछ । फेरि कार्यसूचि हटाइन्छ । कारण सोध्दा मन्त्रीको उपस्थिति छैन । सदनमा आन्दोलन भएको यत्रो समय भयो । त्यसको जवाफदेहीता पनि छैन. ....', उनले भने ।
बजेटको किताव नआउँदा खर्च कटौतिको प्रस्ताव दिन नपाएको माओवादी सांसदले गुनासो गरे ।
टिप्पणीहरू