एमालेमा के पाक्दै छ, अचेल

एमालेजनहरू अचानक झोले भएको केही दिनपछि, स्थायी समिति सदस्य कर्णबहादुर थापाले त्यो अभियान मान्न अस्वीकार गरेको केही दिनपश्चात् पहिलोपटक पूर्वराष्ट्रपति विद्या भण्डारीको झापा आगमन भयो । उसैदिन काठमाडौँमा केपी ओली अखिलका ठिटाठिटीहरूलाई उमेरसम्बन्धी प्रशिक्षण दिनुभयो । भर्खरै चीनबाट कम्युनिष्ट शक्ति प्राप्त भण्डारीले उताबाट आएपछिको पहिलो कार्यक्रम झापाबाटै थाल्नु र त्यो पनि पार्टीको आधिकारिक मञ्च प्रयोग गर्नु संयोग मात्र पक्कै होइन ।
केही महिनाअघि बिदा भण्डारी बिराटनगरसम्म आएर फर्किनु भयो । त्यसको केही समयपछि एमाले मोरंगको अधिवेशनमा नयाँ परिणाम आयो । त्यसपछि बिराटनगर महानगर कमिटीको पनि अधिवेशन भयो । त्यहाँ पनि त्यस्तै भयो । अलिपछि खानेपानीमा चुनाव भयो । त्यहाँ पनि एमालेजन एमालेकै विरुद्ध लडिएको छ । अन्ततः तीनै ठाउँमा एमालेले नै हारेर एमालेले नै जित्यो ।
एक श्रोत भन्छ, त्यही बेलै भण्डारीलाई झापा ल्याउने तयारी थियो तर एक पक्षले नमान्दा रोकियो । तर अहिले उहाँलाई पार्टीकै नेताको हैसियतमा ल्याइयो । पार्टी अध्यक्षकै जिल्लामा पूर्व राष्ट्रपतिलाई पार्टीकै आधिकारिक फोरममा प्रमुख अतिथि बनाइयो । अब के होला ? यस्ता प्रश्न र संश्रय त छन् नै ! तर, अहिलेचाहिँ यत्ति भन्न सकिन्छ कि उहाँलाई ल्याउने समूह त्यही हो, जसले केही समयअघि नै यसो गर्न लागेको थियो । यो प्रकरण अहिले मात्र बल्झिएको होइन, पार्टीको जिल्ला अधिवेशनताका देखि नै तुष रहेको थियो । त्यही विपरीत धार अहिले त्यहाँ सक्रिय भएको भन्नेहरू धेरै छन् ।
यसपटक विद्या भण्डारीलाई झापा ल्याउने पत्रकार प्रेस काउन्सिलमा आफ्नो कार्यकाल पूरा गरेर पूरै राजनीतिमा होमिएका गणेश पोखरेल हुन् । उनी एमालेको कोशी प्रदेश बिज्ञान तथा प्रविधि विभाग प्रमुख छन् । उनले विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारीलाई झापा लगे । त्यहाँ भण्डारीनिकट मानिएका शेरधन राईदेखि अरू नेता पनि अगाडि देखिए । अखिलको सम्मेलनमा केपी ओलीले को, किन, कसरी हल्लाखल्ला गर्दै छ । को कता, यो रे ! आगामी पार्टी नेतृत्वबारे पार्टीमा कुनै छलफल नै भएको छैन भनेकै दिन बिद्या भण्डारी भने ओलीकै जिल्लामा आफ्नै क्षेत्रको प्रदेश कमिटीकै आयोजनामा भएको कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो ।
टिप्पणीहरू