एसियन छनोटमा नेपाल लाओससँग पराजित

एसियन छनोटमा नेपाल लाओससँग पराजित

काठमाडौं । एएफसी एसियन छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । मंगलबार बेलुकी भएको खेलमा लाओससँग २-१ गोलले पराजित हुँदै नेपालले छनोटमा दोस्रो हार बेहोरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लाओसलाई जित दिलाउन डामोथ थोन्खाम्साभाथ र पिटर फान्थोभांगले समान एक/एक गोल गरे । नेपालको मनिष डाँगीले एक गोल फर्काए । खेलको १३ औँ मिनेटमा डामोथले गोल गर्दै लाओसलाई शुरुवाती अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा पिटरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । 

७३ औँ मिनेटमा मनिषले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा नेपाल २-१ गोलले पराजित भएको हो । 

जितसँगै लाओस २ खेलबाट ३ अंक जोड्दै समूह 'एफ'को तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट अंकविहीन नेपाल पुछारमा छ ।

टिप्पणीहरू