तीन जिल्लामा ग्लोबल आइएमईको वृक्षारोपण

तीन जिल्लामा ग्लोबल आइएमईको वृक्षारोपण

ग्लोबल आइएमई बैंकले तीन जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । आफ्नो १८ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसका अवसरमा बैंकले काठमाडौंको टोखा, झापाको चारआली र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र झापाको मेचीनगरमा वृक्षारोपण गरेको छ ।

टोखा नगरभित्र सञ्चालित विद्यालयहरुमा एक हजार फलफूलका बिरुवा रोपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरका वडाहरुमा १५ सय बाँसका बिरुवा र मेचीनगरको चारआलीमा दुई हजार वटा बोटविरुवा रोपिएको हो ।

वृक्षरोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधिसँगै प्रहरी नेतृत्व, विद्यार्थी, स्थानीय व्यक्ति तथा बैंकका कर्मचारीहरु सहभागी भएका थिए । सातै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको बैंकले जनाएको छ । 

वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकको छ । ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड, २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । 

बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरकफरक विधामा समेत सम्मानित भइसकेको छ । देशभर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक पनि हो । 

बैंकको मुलुकभर तीन सय ५४ शाखा कार्यालय, तीन सय ८५ एटिएम, दुई सय दुई शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन, राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एघार सयभन्दा बढी सेवा केन्द्र छन् ।

टिप्पणीहरू