रेशम चौधरीलाई पक्रेर डिल्लीबजार पुर्याएका विष्ट धरौटीमा छुट्दै
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउका लागि प्रहरीलाई अनधिकृत पत्र लेखेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट धरौटीमा छुट्ने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
विष्टले लेखेको पत्रको आधारमा रेशमलाई जनमत पार्टी र उन्मुक्तिको पार्टी एकीकरण कार्यक्रमस्थलबाट पक्राउ गरिएको थियो । त्यसपछि केही घण्टा डिल्लीबजार कारागारमा राखियो । विष्टको पत्र गैरकानुनी भएको ठहरपछि प्रहरीले चौधरीलाई थुनामुक्त गरेर विष्टलाई नै हिरासतमा लिएको थियो ।
टिप्पणीहरू