औपचारिक पोशाकमै प्रधानमन्त्री टेबल टेनिस खेल्न हौसिएपछि...

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’को पदक विजेता खेलाडीहरुलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीको सरकार निवास, बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले खेलाडीहरुलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनतले आगामी विश्व प्रतिस्पर्धामा विजयप्राप्त गर्न शुुभकामना दिनुभएको छ ।
अखिल नेपाल टेबल टेनिस संघद्वारा काठमाडौँमा आयोजित प्रतियोगितामा नेपालले एक स्वर्ण, छ रजत र पाँच कास्यसहित १२ पदक जितेको छ ।
दौरासुरुवाल, कोट, चश्मा र छालाको जुत्तासहित औपचारिक पोशाकमा रहनुभएका प्रधानमन्त्री ओली खेलाडीहरुलाई हौसाउँदै गर्दा एकाएक आफैँले टेबल टेनिस खेल्न थाल्नुभएको थियो । उहाँले केही खेलाडीलाई छुट्टै नगदसमेत प्रदान गर्नुभएको बताइन्छ ।
टिप्पणीहरू