एनएमबिको अगुवाईमा लाप्चे तामाकोशी र चेपे खोलाको वित्तिय व्यवस्थापन

एनएमबि बैंकको अगुवाईमा दोलखाको विगु गाउँपालिकामा अवस्थित ४२ मेगावट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तिय व्यवस्थापन भएको छ ।
बैंकका अनुसार नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो ईनर्जी प्रालिको सहकार्यमा लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तिय व्यवस्थापन भएको हो ।
४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको लागत करिब सात अर्ब रहने अनुमान गरिएकोमा बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण लगानी पाँच अर्ब २५ करोड रहनेछ ।
यस्तै, एनएमबि बैंकको एकल लगानीमा दुई मेगावटको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन भएको छ । सो आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेकोमा एनएमबिले ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी नेपाल राष्ट्र बैंकको नीतिअनुरुप एनएमबि बैंकले जलविद्युत आयोजनाहरुमा लगानी गर्दै आइरहेको छ । बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।
टिप्पणीहरू