नेपाली विद्यार्थीलाई कोलम्बियामा अवसर

नेपाली विद्यार्थीलाई कोलम्बियामा अवसर

नेपाली विद्यार्थीले कोलम्बियामा छात्रवृत्तिको अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोलम्बियामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन माग गरेको छ । 

सन् २०२५ का लागि विभिन्न विषय र तहमा विदेशी विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययनका लागि कोलम्बियाले आवेदन खुलाएकाले इच्छुक विद्यार्थीलाई आगामी जुन १३ गतेसम्म आवेदन बुझाउन आह्वान गरिएको छ । 

शिक्षाले परराष्ट्र मन्त्रालय, युरोप अमेरिका महाशाखा र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको पत्रमार्फत् कोलम्बियामा विदेशी विद्यार्थीलाई छात्रवृत्ति, २०२५ अन्तर्गत विभिन्न विषय र तहमा छात्रवृत्तिमा अधययनका लागि आवेदन खुलेको जनाएको छ ।

टिप्पणीहरू