नागरिकता नेपाली,म्याडम निर्वाचित बेलायती

नेपाल आउँदा नेपाली नागरिकता, बेलायत पुगेपछि उतैको नागरिकता बोक्ने एउटी महिला बेलायतको एउटा वार्ड काउन्सिलमा निर्वाचित भएकी छन् । हालै सम्पन्न निर्वाचनमा लिबरल डेमोक्य्राट पार्टीको तर्फबाट उनले अरु तीन जनालाई पराजित गरेको प्राप्त निर्वाचन परिणाममा उल्लेख छ ।
विदेश बस्ने नेपालीहरुको संस्था एनआरएनएमा निकै सक्रिय रोजिना प्रधान राई मे १ तारिखको टेक्सबरी बोरो काउन्सिल इन्सवर्थ वार्ड सदस्य निर्वाचनमा ६६६ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरुमध्ये एक जनाले ५९६, अर्का दुई जनाले क्रमशः ९३ र ७५ मत प्राप्त गरेको अन्तिम निर्वाचन परिणाममा उल्लेख छ ।
बेलायती पासपोर्ट बोक्ने उनले एनआरएनएको किचलोउपर प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । संयोजक शेष घलेलगायतको विरोधमा लिइएको उनको जिकीरमाथि कुनै कारबाही नगर्न,बरु उल्टै उनको मुद्दाको लगत कट्टा गर्न न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलले वैशाख २१ गते आदेश दिएका छन् ।
खोटाङ जिल्ला प्रशासन कार्यालयबाट २०७८ कात्तिक २८ गते जारी नागरिकता बोकेकी उनले देश अनुसारको भेष भनेझैँ उता जाँदा बेलायती पासपोर्ट र नागरिकता प्रयोग गरी जनप्रतिनिधिमा निर्वाचित भएको थप पुष्टि भएको छ । बेलायती जनप्रतिनिधिमा निर्वाचित भएपछि विश्व नेवा संगठनको अमेरिकास्थित कार्यालयले हिजो उनलाई लिखित बधाई दिएको छ ।
टिप्पणीहरू