जवाफी कारबाही गरिएको तर पाकिस्तानमा जेट हमला नभएको भारतीय दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गर्नुभएको छ । राजदूत श्रीवास्तवले प्रधानमन्त्रीको सरकारी निवास, बालुुवाटारमा भएको भेटमा भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे जानकार गराउनुभएको बताइन्छ ।
भारतको पहलगाममा दुई साताअघि भएको आतंकवादी आक्रमणपछि भारतले जवाफी कारबाही गरेको भारतीय राजदूतको दाबी छ । राजदूतले पाकिस्तानमा जेट हमला नगरेको बताउनुभयो ।
प्रधानमन्त्रीले आतंकवादी आक्रमणको भत्र्सना गर्दै नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने वचन दिनुभएको छ ।
टिप्पणीहरू