‘क्वेस्चन पेपर आउट’,ठूलो स्कूल कमजोर प्रणाली

भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कूलले आज बिहानदेखि शुरु भएको कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गरेको छ । परीक्षा दिन गएका विद्यार्थीले बिहान परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र पाएपछि रमाइलो मान्दै शेयर गरेका थिए ।
चाणक्य कलेजमा रहेको परीक्षा केन्द्रमा विद्यार्थीहरु पुग्नु अगावै बिहान ७ बजे नै काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीको हात हातमा प्रश्नपत्र पुगेको बताइन्छ । परीक्षा सकिएपछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको जनाएका छन् ।
परीक्षा सकिएपछि पनि उक्त स्कूलका परीक्षार्थीलाई बाहिर निस्कन दिइएको छैन । उनीहरुको मोबाइलसमेत कब्जामा लिइएको छ ।
परीक्षा सकिएपछि पनि उक्त स्कूलका परीक्षार्थीलाई बाहिर निस्कन दिइएको छैन । उनीहरुको मोबाइलसमेत कब्जामा लिइएको छ ।
सो स्कूल महँगोमध्येको एक हो । चिट चोराएर १२ कक्षा उत्तिर्ण गराउने प्रपञ्चमा विद्यालय प्रशासन र व्यवस्थापन नै लागेको स्रोतको दावी छ । बोर्डले इमेलमा पठाएको प्रश्नपत्र परीक्षा केन्द्रमा आधा घण्टा अघि मात्रै प्रिन्ट गर्नुपर्ने हो । तर, त्यहाँ बिहान ७ बजे अगावै प्रिन्ट गरेर चौधरीको स्कूलका विद्यार्थीहरुको मोबाइलमा पठाइएको थियो ।
वर्ल्ड स्कूल चौधरी ग्रुप (सिजी) अन्तर्गत सञ्चालित धेरै वटा विद्यालयमध्ये एक हो ।
टिप्पणीहरू