बेलायतबाट सुमेरु ठग भरतको चुनौती-सक्छौ मलाई समात्न ?

बेलायतबाट सुमेरु ठग भरतको चुनौती-सक्छौ मलाई समात्न ?

सहकारी ठगेर भागेका जिबी राई,भरत महर्जनलगायतले विदेशमा मस्ती मारिरहेको थाहा छ,तर सरकारले उनीहरुलाई समातेर ल्याउन सकेको छैन । 

सूर्य थापा नेतृत्वको संसदीय विशेष छानविन समितिले सहकारी ठगहरुलाई नेपाल झिकाएर बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउन सरकारलाई लिखित निर्देशन दिएको एक वर्ष पुग्नै लाग्यो । गृह मन्त्रालयले सोसम्बन्धमा प्रहरीलाई निर्देशन पनि दिएको हो । तर,अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । 

संकटग्रस्त घोषित सहकारीका सञ्चालक,अध्यक्ष र कार्यकारी निर्देशकहरूको चल–अचल सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने भनिएको थियो । संसदीय विशेष समितिले त्यसको कार्यविधिसमत सरकारलाई बुझाएकोमा ठूला सहकारी घोटालाका आरोपित सबै सम्पत्ति लिएर विदेशमै सेटल भएपछि त्यससम्बन्धी प्रक्रिया अघि बढ्न सकेको छैन । 

राज्यको फरार सूचीमा रहेका अभियुक्तका तर्फबाट सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै बेलायतमा रहेको प्रमाण दिँदासमेत हाम्रो राज्य संयन्त्र भने निरिह देखिन्छ ।

देशभर सहकारीको सञ्जाल खडा गरी बचतकर्ताको १६ अर्ब बढी कुम्ल्याएर भागेका जिबी राई मलेसियामा निस्फिक्री बसिरहेका छन् । उनलाई समातेर नेपाल ल्याउन सरकारको तर्फबाट केही पहल नभएको पनि होइन । प्रहरीको एउटा टोली मलेसिया पुगेकै पनि हो । तर,कानुनी कठिनाईले हो या राज्यको पहलकदमी नपुगेर-परिणाम निस्किएको छैन । 

यसबीच नेपालमा रहेका जिबीका व्यावसायिक पार्टनर रवि लामिछाने, छविलाल जोशी,लीला पछाइलगायत पक्राउ परे पनि । तर,सर्वसाधारणले गाँस काटेर सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउने छाँटकाँट भने देखिंदैन । 

जिबीजस्तै सहकारी ठगीका अर्का 'मास्टर माइण्ड' हुन् भरत महर्जन । सुमेरु सहकारीको १२ अर्ब घोटाला गरेका उनी सपरिवार बेलायतमा छन् । चार अर्ब नगदै लिएर भागेका उनी त्यही पैसाले त्यहाँ 'हाइफाई लाइफ' बिताइरहेका छन् । भर्खरै उनका छोरा सचिन महर्जनले त्यहाँको एक प्रतिष्ठित विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तिर्ण गरे । 

सचिन सुमेरु कालिमाटीका पूर्व सन्चालकसमेत हुन् । बाउ छोरा मिलेर ठगेको पैसाले उच्चशिक्षा हासिल गरेका उनी दीक्षित हुँदाको कालो पोशाक र टोपी लगाएको फोटोसहित आफन्तले उतै बसेका भरतलाई समेत सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना दिइरहेका छन् । 

राज्यको फरार सूचीमा रहेका अभियुक्तका तर्फबाट सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै बेलायतमा रहेको प्रमाण दिँदासमेत हाम्रो राज्य संयन्त्र भने निरिह देखिन्छ ।

टिप्पणीहरू