डा. भट्टराई नयाँ दिल्लीमा व्यस्त

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय नेताहरुसँग भेट गर्नुभएको छ । भारत भ्रमणमा रहनुभएका भट्टराईले सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. मुरली मनोहर जोशीसँग नयाँ दिल्लीमा भेटघाट गर्नुभएको बताइएको छ ।
उहाँले रक्षामन्त्री राजनाथ सिंहसँग पनि गर्नुभएको छ । छोरी मानुषीलाई लिएर शनिबार फरिदावाद जानुभएका उहाँले आज नयाँ दिल्लीमा भेटवार्ता गर्नुभएको हो । भट्टराईको सचिवालयका अनुसार सो क्रममा काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दै ज्यान गुमाउनेहरुप्रति समवेदनासमेत प्रकट गरिएको छ ।
नयाँ दिल्लीको प्रेस क्लब अफ इन्डियाको हलमा प्रेस सम्मेलन आयोजना गरिएको बताइएको छ । डा. भटट्राई प्रगतिशील नेपाली समाज समितिको अधिवेशन उद्घाटनका लागि नयाँ दिल्ली हुँदै त्यता जानुभएको थियाे ।
टिप्पणीहरू