पाँच दिनमा एक करोड चिनियाँ देश बाहिर,नेपाल आउँदा बोत्तल साफ

पाँच दिनमा एक करोड चिनियाँ देश बाहिर,नेपाल आउँदा बोत्तल साफ

चीनले आगामी बिहिबारदेखि सोमबारसम्म कम्तीमा एक करोड पाँच लाख आफ्ना नागरिक विदेश घुम्न जाने प्रक्षेपण गरेको छ । पोहोरको तुलनामा यो वर्षको अन्तर्राष्ट्रिय श्रम दिवस अर्थात् मे १ का दिन २७ प्रतिशत बढी चिनियाँ विदेश जाने अनुमान छ । 

आगामी बिहिबारदेखि दिनहुँ २१ लाख ५० हजार चिनियाँ नागरिकले मुलुकको सीमा पार गर्ने नेशनल इमिग्रेसन एडमिनिस्ट्रेशनलाई उद्धृत गर्दै समाचार समिति सिन्ह्वाले जनाएको छ । चीनमा हरेक वर्ष मे १ देखि ५ तारिखसम्म सबैभन्दा धेरै मानिस स्वदेश तथा विदेश घुमघाममा निस्कने गरेका छन् ।

समाचारमा जनाइएअनुसार सांघाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ एक लाख एक हजार चिनियाँ विदेश जाने छन् भने ग्वाङ्चौको विमानस्थलबाट ५० हजार र बेइजिङ क्यापिटल विमानस्थलबाट औसत ४० हजार चिनियाँ विदेश यात्रामा निस्कने अनुमान छ । हङकङ, मकाउ आउजाउ गर्नेहरु पनि त्यत्तिकै हुने बताइएको छ ।

अस्ति शनिवार राती १० बजे चोङ्ग्छिङ्गबाट हिमालय एअरलाइन्सको उडानमा २० जनाको प्रतिनिधिमण्डल काठमाण्डौ आइपुग्यो । टोलीले ल्याएको थियो-५ सय मिलिलिटरका दरले १२ बोत्तल अर्थात ६ लिटर रक्सी । भन्सार नियमानुसार,बिदेशबाट आउने प्रत्येक पर्यटकले २ लिटर मदिरा ल्याउन पाउँछ तर त्यसरात आउने चिनियाँ पर्यटकबाट ४ बोत्तल रक्सी खोसियो र त्यसवापत रसिद पनि दिइएन । चिनियाँहरु स्वभावैले बिदेशी रक्सीभन्दा आफ्नै देशमा उत्पादित चुरोट र मदिरा मन पराउँछन् । यसवारे नेपालका नेता र कर्मचारीलाई जानकारी नभएको पनि हैन । यसरी ल्याएको सामान हाकाहाकी लुटिन थालेपछि तिनले लाने सन्देश कस्तो होला ?

स्थलमार्ग हुँदै बाहिरिने र चीन भित्रिनेका लागि सीमा नाकामा बढीमा ३० मीनेट समय लाग्ने व्यवस्था मिलाइएको सिन्ह्वाको समाचारमा उल्लेख छ । तर, त्यति धेरै चिनियाँ विदेश जान लाग्दा सीमाना जोडिएको नेपाल आउनेको संख्या हजार पुग्न पनि मुश्किल छ । हाम्रा सरकारी र निजी क्षेत्रले चिनियाँ पर्यटकलाई आकर्षित गर्न समयानुकूल सुविधा थप्न नसकेको परिणाम हो यो ।
नेपालको छवि ध्वस्त हुँदै गएको सानो उदाहरण यस्तो छ-अस्ति शनिवार राती १० बजे चोङ्ग्छिङ्गबाट हिमालय एअरलाइन्सको उडानमा २० जनाको प्रतिनिधिमण्डल काठमाण्डौ आइपुग्यो । टोलीले ल्याएको थियो-५ सय मिलिलिटरका दरले १२ बोत्तल अर्थात ६ लिटर रक्सी । भन्सार नियमानुसार,बिदेशबाट आउने प्रत्येक पर्यटकले २ लिटर मदिरा ल्याउन पाउँछ तर त्यसरात आउने चिनियाँ पर्यटकबाट ४ बोत्तल रक्सी खोसियो र त्यसवापत रसिद पनि दिइएन । चिनियाँहरु स्वभावैले बिदेशी रक्सीभन्दा आफ्नै देशमा उत्पादित चुरोट र मदिरा मन पराउँछन् । यसवारे नेपालका नेता र कर्मचारीलाई जानकारी नभएको पनि हैन ।

यसरी ल्याएको सामान हाकाहाकी लुटिन थालेपछि तिनले लाने सन्देश कस्तो होला ?

टिप्पणीहरू