विपक्षीले सरकारको विरोध गर्दा सत्तापक्षीय सांसदको ढ्यापढ्याप

संसदमा सरकारको विरोध हुँदा सत्तापक्षकै सांसदले समर्थनमा टेवल ठोकेका छन् । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद बोल्नेक्रममा यस्तो देखिएको हो ।
माओवादी सांसद माधव सापकोटाले सरकार बिचौलियाको दबाब र प्रभावमा रहेको जिकिर गर्दै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कारवाही प्रकरणलाई उठाएका थिए । कुलमानलाई हटाउन सरकारले शुरुदेखि नै झम्टिएको उनको दाबी रह्यो ।
‘आएका दिनदेखि कुलमानजीलाई झम्टनुभयो । हुँदाहुँदा त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई समेत बर्खास्त गर्नुभयो’, सापकोटाले यसो भन्दा सत्तारुढ नेपाली काँग्रेसका सांसद तथा निवर्तमान उर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले टेवल ठोकेका हुन् ।
केही दिनअघि बर्खास्तीमा परेका तामाङ डेडिकेटेड तथा ट्रंकलाइनको वक्यौता असुलीमा कुलमानसँगै उभिएका थिए । त्यहिकारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिशोध साँधेको उनकोजिकिर रहँदै आएको छ ।
टिप्पणीहरू