फेसबुकमै महेश बस्नेतले "भालु" लेखेपछि

एमाले नेता महेश बस्नेतले फेरि एक पटक सामाजिक सञ्जाल रंगाएका छन् । उनले आफूलाई जोडेर प्रचार गरिएकी महिलाको नाम नलिई अश्लिल शब्द प्रयोग गरेका छन् । उनै महिलालाई अरु नेतादेखि वकिलसम्मले प्रयोग गरेको उनको आरोप छ ।
माधव नेपाल,दुर्गा प्रसाईं,रवि लामिछाने, निकिता पौडेल,ज्वाला संग्रौलादेखि पत्रकारहरु राजीव खत्री वीरेन्द्र जैरु, मनोज मानवसम्मलाई उनले ती महिलासँग जोडिदिएका छन् । त्यस्तै वकिल सुरेन्द्र भण्डारी,हालै पदमुक्त भएका उर्जा राज्यमन्त्री कान्छारामले ती महिलालाई प्रयोग गरेको उनको दावी छ ।
लेखेका छन्, ‘त्यो भालुलाई कहिले माधव नेपालले डमरु बजाउँदै मन्त्रीको आश्वासन दिएर बोके । कहिले अराजक अपराधी दुर्गा प्रसाईंले आठ दश करोडको लोभ देखाएर चटक देखाउँदै बोकेर हिँड्यो । कहिले रवि,निकिता र तिनकै खास भनिएकी नौटंकीबाज ज्वाला संग्रौलाले नचाउँदै हिँडे ।’
बस्नेत पछिल्लो समय शोभा पाठक काण्डमा मुछिएका थिए । पाठकले बस्नेतको एकपछि अर्को पुरानो प्रेम प्रसङ्ग बाहिर ल्याएकी छन् । खत्री, मानव र जैरुले चाहिँ घोडेजात्रा देखाउँदै शोभालाई बोकेको महेशको दावी छ।
‘त्यो भालुलाई कहिले माधव नेपालले डमरु बजाउँदै मन्त्रीको आश्वासन दिएर बोके । कहिले अराजक अपराधी दुर्गा प्रसाईंले आठ दश करोडको लोभ देखाएर चटक देखाउँदै बोकेर हिँड्यो । कहिले रवि,निकिता र तिनकै खास भनिएकी नौटंकीबाज ज्वाला संग्रौलाले नचाउँदै हिँडे ।’
अगाडि लेख्छन्, ‘कहिले वरिष्ठ वकिल भनाउँदो सुरेन्द्र भण्डारीहरुले बुटिकदेखि अपार्टमेन्टसम्म नचाउँदै हिँडिरा"छ । अहिले फेरि कान्छाराम जस्तो भ्रष्टाचारीले आफ्नो कर्तुत लुकाउन महादेवले सतीदेवी बोक्याझैँ बोक्दै हिँड्न थालेको देखियो ।’
बस्नेतले ती सबैलाई भ्रष्टाचारी भन्दै चुनौती दिएका छन् । लेख्छन्, ‘भ्रष्टाचारीहरुको नाइकेलाई मेरो खुला चुनौती छ,साहस छ भने मेरो बारेमा बोलेका एक एक कुरा प्रमाणित गर । तिम्रै गृहमन्त्री छन् ।’
महेश बस्नेतलाई शोभा पाठकको जवाफ जस्ताको तस्तै:
अरुलाई भालु देख्ने आँखा र लेख्ने हातले आफू भाले र बाेका सम्झिनुपर्दछ। कि कसो ? एउटा बोको बलात्कारी नाइके,हत्यारा,गुण्डा,अपहरणकारी, भ्रष्टाचारी,व्यभिचारी,पागलै भइसकेको रहेछ । मनलाग्दी बोल्दै status लेख्दै हिँड्दैछ । त्यसका घरमा भएका नारी जति सबै भालु नै हो कि के हो ? त्यसलाई चाहिँ कुनै कानुन लाग्दैन ? ब्याडे बोको जस्तो कहिले अर्काको श्रीमती ताक्दै हिँडेकाे छ । कहिले नर्स,डाक्टर,कहिले वीरगञ्जबाट लखेटेको छ त कहिले पोखराबाट,कहिले विराटनगरबाट ।कोहीलाई भान्जी भन्दै ओछ्यानमा पुर्याएको छ। गाउँतिर त महिला देख्नै हुँदैन रे । ब्याडे बोकाजस्तो छचन्नाउँदै हिँड्नेले अरुलाई भालु त देख्ने नै भयो नि । आफू सही भए पो अरुलाई सही देख्छ । आफूले गलत भएपछि अरुलाई गलत देख्नु स्वभाविकै हो । यदि यो राज्यले त्यस्ता व्यक्तिका प्रमाण लिन चाहन्छ भने म दिन तयार छु । देशमा कानुन र पुलिस प्रशासन छ भने त्यस्ता व्यक्तिलाई तत्कालै कारबाही गरियोस् । प्रधानमन्त्रीदेखि मन्त्री,सांसद र बौद्धिक वर्ग अधिवक्ताहरूलाई जोडेर चरित्र हत्या गर्ने काम गरिरहेको छ । यसलाई कानुनको कुनै दायरामा ल्याउन नसक्ने यो सरकार निकम्मा हो। भगवान पशुपतिनाथले छिट्टै परिणाम दिनुहुनेछ। र देखाउँछ ।
टिप्पणीहरू