सर्वोच्चले परराष्ट्रको फैसला सुनायो

परराष्ट्र मन्त्रालयका अधिकृतहरूले आफूलाई बढुवामा अन्याय परेको भन्दै सर्वोच्च अदालतमा दिएको रिट खारेज भएको छ ।अन्तरिम आदेश भ्याकेट गराउन मन्त्रालयका तर्फबाट सचिव अमृतबहादुर राईले दिएको रिट पनि मागदावी नपुग्ने ठहरिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासले वैशाख ४ गते बिहीबार यस्तो फैसला सुनाएको हो । शाखा अधिकृत एशु बस्नेतसमेत दुई जनाले बढुवा नियमसँगत नभएको हुँदा विज्ञापन खुलाउने मागसहित संघीय मामिला र परराष्ट्र मन्त्रालयविरुद्ध रिट हालेका थिए ।
केही उपसचिव बढुवा भएपछि रिक्त ११ मध्ये ७ वटा पद आन्तरिक प्रतिस्पर्धाका आधारमा केहीले पाएका छन् । ती उपसचिवहरू बढुवा भएपछि रिक्त दरबन्दीको समेत विज्ञापन गरी आफूहरूले अवसर पाउनुपर्ने एशु बस्नेतसहितको माग थियो । सामान्य, अर्थ मन्त्रालय र लोकसेवा आयोगले यो मागलाई बेवास्ता गर्दै आएका थिए ।
यसबीच बढुवा भएका सहसचिवमध्ये अमेरिकाको टेक्सासमा सुरेश अधिकारी कन्सुलर जनरलका रूपमा छन् भने सनफ्रान्सिस्कोमा लक्ष्मण खनाल, न्यूयोर्कमा दधी भण्डारी र ज्ञानबहादुर मगर, दुबईमा हरि ओडारी, जेद्दामा पारस पण्डित तोकिएका छन् । जेद्दामा पहिला उपसचिवस्तरको कार्यवाहक हुन्थ्यो भने अहिले अपग्रेड गरिएको हो ।
टिप्पणीहरू