पार्टी कार्यालयमा राणालाई सूर्यमुखीको बुकी

पार्टी कार्यालयमा राणालाई सूर्यमुखीको बुकी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा उपचारको लागि भोलि भारत जाँदैछन् । क्यान्सर पीडित उनी फ्लोअपको लागि श्रीमतीसहित मुम्बई जान लागेका हुन् । 

तीनकुने प्रकरणमा २४ दिन हिरासत बसेका राणालाई उपचारको लागि अस्ति साँझ हाजिर जमानीमा रिहा गरिएको थियो । हिजो धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेका उनलाई अन्य नेता तथा कार्यकर्ताले सूर्यमुखी फूलको बुकी प्रदान गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए । 

राणाले फ्लोअपको लागि चिकित्सकसँग अपोइन्टमेन्ट लिइसकेको जानकारी दिएका छन् । ‘फ्लोअप हो, सामान्य रहेछ भने दुई चार दिनमै फर्किहाल्छु’, उनले जनआस्थासँग भने, ‘डाक्टरले सिरियस छ भनेमा चाहिँ केही समय उतै बस्छु ।’

टिप्पणीहरू