एअरपोर्टबाट प्रसाईं सिधै हिरासत, युट्युबर हेरेको हेर्यौ

एअरपोर्टबाट प्रसाईं सिधै हिरासत, युट्युबर हेरेको हेर्यौ

झापाको भद्रपुरबाट प्रहरी नियन्त्रणमा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइएको छ । बुद्ध एयरको जहाजमा केही बेरअघि उनलाई प्रहरीले काठमाडौँ उतारेको हो । 

प्रसाईलाई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा पुर्याइएको छ । उनको तस्वीर र भिडियो खिच्न एयरपोर्ट पुगेका युट्युबरलाई छल्दै प्रहरीले बैकल्पिक मार्गबाट बाहिर निकालेको हो । 

विमानस्थल स्रोतका अनुसार प्रसाईंलाई लिन रन-वेको छेउमै पुगेको प्रहरीको भ्यान आयल निगमको गेटबाट निस्किएको थियो । उनलाई आज जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने छ । तीनकुने वितण्डाका रविन्द्र मिश्र र धवलसमशेरहरु पनि त्यहीँ छन् । 

चैत १५ गते तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाको नाइके प्रसाईं सोही दिन पूर्वी नाका हुँदै भारत पुगेका थिए । भारतीय प्रहरीले आसामबाट हिजो पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो ।  

प्रसाईंलाई आजै अदालतमा उभ्याएर म्याद थप गर्ने प्रहरीले तयारी गरेको छ ।

टिप्पणीहरू