गंगुको गोप्य भिडियो सार्वजनिक गर्ने युवक पक्राउ

गंगुको गोप्य भिडियो सार्वजनिक गर्ने युवक पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले गंगु क्षेत्रीको गोप्य भिडियो सार्वजनिक गर्ने युवकलाई नियन्त्रणमा लिएको छ । प्रेममा हुँदा उनले पठाएको गोप्य भिडियो सार्वजनिक गर्ने २४ वर्षीय आयुष अधिकारीलाई ब्यूरोले अस्ति पक्राउ गरेको हो । 

ललितपुर महानगरपालिका–४, शान्तपूर्व मार्ग बस्ने उनले प्रेम सम्बन्ध टुटेपछि भिडियोमार्फत गंगुलाई ब्ल्याकमेल गर्दै आएका थिए । प्रेमीका साथीले समेत भिडियोको दुरुपयोग गरी पैसा माग्ने, शारीरिक सम्बन्ध राख्न बोलाउनेलगायतका तनाव दिएपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् । 

ब्यूरोले उनलाई समातेर विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा गंगुका अश्लील तस्बिरहरु छ्याप्छ्याप्ती भेटिन्छ । 

उनले लिक भएको आफ्नो गोप्य भिडियोबारे लाइभमा आएर ‘आफ्नै गल्ती’ ले सो अवस्था आएको बताएकी छन् ।

टिप्पणीहरू