प्रसाईंका बडीगार्ड पनि पक्राउ
चैत १५ गते तीनकुनेमा वितण्डा मच्चाएर भागेका मेडिकल माफिया दुर्गा प्रसाई पक्राउ परेको नेपाल प्रहरीले औपचारिक रुपमा जानकारी गराएको छ ।
आइजीपीको सचिवालयले केही बेरअघि विज्ञप्ति जारी गर्दै प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो । जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा रहेका उनीहरुलाई केहीबेरमा बुद्ध एयरको जहाजमा काठमाडौँ ल्याईदै छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत बिशेष ब्युरोबाट खटिएको टोलीले उनलाई मेची सिमानामा आजै औपचारिक रुपमा भारतीय प्रहरीबाट बुझी लिएको बताईएको छ । प्रसाईंले हिजो बेलुका आफू आसाम प्रहरी सामु आत्मसमर्पण गरेको सूचना दिएका थिए ।
‘मिति २०८१–१२–१५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईं र उक्त घटनामा संलग्न निजका अंगरक्षक दिपक खड्कालाई आज मिति २०८१–१२–२९ गते झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवपश्यक अनुसन्धानको लागि काठमाडौं ल्याइँदै गरेको व्यहोरा जानकारी गराइन्छ ।’
टिप्पणीहरू