एकातिर प्रदर्शन, उतातिर म्याद थप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री एवम् सांसद धवलशमशेर राणालाई थप १५ दिनको म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरुसहित अन्य १८ जनालाई हिरासतमा राख्ने अनुमति दिएको छ ।
मिश्र र राणामाथि राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाइएको छ । अन्यलाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा छ । चैत १५ गते राजावादीहरुले आयोजना गरेको कार्यक्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा उनीहरुको संलग्नता आरोपपछि हिरासतमा लिइएको हो । यो तेस्रो पटक म्याद थप गरिएको हो ।
राप्रपाले आज राजधानीको बल्खुमा प्रदर्शन तथा सभा गरेको छ ।
टिप्पणीहरू