रवि लामिछानेलाई जेल पठाइयो

रवि लामिछानेलाई जेल पठाइयो

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन आदेश भएको छ । 

उच्च अदालत दाङको बुटवल इजलासले धरौटीमा छोड्ने जिल्लाको आदेश उल्ट्याउँदै पुर्पक्षका लागि आज जेल पठाउने आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटी लिएर छोड्दा यही मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई भने थुनामा पठाउने आदेश गरेको थियो । 

जिल्लाको आदेशविरुद्ध रवि र छवि छुट्टाछुट्टै निवेदन लिएर उच्च पुगेका थिए । अदालतले दुवै निवेदनलाई एकै ठाउँमा राखेर हिजोदेखि सुनुवाई शुरु गरेको थियो । 

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले छविलाललाई जेल पठाउने तर मुख्य दोषी रविलाई धरौटीमा छाड्ने जिल्लाको आदेश बदर गर्दै दुबैका हकमा उही सजाय मिलान गरेको हो ।

यो पनि...

१. रविको धरौटी आदेश बदर गराउने निवेदनमा के छ जिकिर ?

२. रविकोबारे के भनेको थियो सर्वोच्चले ?

३. रविद्वारा शब्दको चलखेल, सहकारी ठगीमा कानुनले नचिन्ने ‘स्वेट सेयर’ को जिकिर

४. हिजो हिरासत बसेका रविको मुद्दामा आज बहस हुँदै

५. रवि लामिछानेलाई हिरासतमा राख्न आदेश

६. थापाथली पुगेर कान्तिपुरसँग लड्ने रविको घोषणा

७.रविकोबारे के भनेको थियो सर्वोच्चले ?

८. रविको मुद्दा बीचैमा किन रोकियो ?

९. रविविरुद्ध चितवनमा मुद्दा दर्ता, सवा ३८ करोड ठगेको दावी

१०. स्वार्थ आफ्नो, बदनाम अरूको

 

टिप्पणीहरू