बैंककबाट सुटकेशमा हालेर ल्याए भारतीय दम्पतीले गाँजा
थाइल्याण्डको राजधानी बैंककबाट काठमाडौं आएका दुई जना भारतीयको सुटकेशमा गाँजा भेटिएको छ । थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा आज बिहान आएका भारतीय दम्पतीलाई २० केजी गाँजासहित सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको बताइन्छ ।
उनीहरुले दुई वटा सुटकेशमा ११, ११ केजी गाँजा हालेर ल्याएका हुन् । चाउचाउ, चकलेट र बिस्कुटको खोलमा बेरेर ल्याइएका ती गाँजा खोलसहित २२ केजी र खोल बाहेक २० केजी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय स्रोतले बताएको छ ।
उनीहरुमाथि आवश्यक अनुसन्धान जारी छ ।
टिप्पणीहरू