प्रकृतिका निम्ति शोकसभा सम्पन्न,उडिसा फर्कन विश्वविद्यालयको आह्वान

प्रकृतिका निम्ति शोकसभा सम्पन्न,उडिसा फर्कन विश्वविद्यालयको आह्वान
सुन्नुहोस्

भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले शोकसभा आयोजना गरेको छ । त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालय परिसरमा अस्तिदेखि जारी तनावपूर्ण अवस्थामा आज शोकसभा गरिएको छ ।

शोकसभाको फोटो हाल्दै सामाजिक सञ्जालमा कलेजले लेखेको छ, ‘हाम्रा प्रिय विद्यार्थी प्रकृति लम्सालको असामयिक निधनमा गहिरो शोक व्यक्त गर्दछौं । वरिष्ठ अधिकारीहरुले हार्दिक समवेदना व्यक्त गर्दै शोक सन्तप्त उनका परिवार, साथीहरू र विद्यार्थी समुदायसँग ऐक्यबद्धता जनाएका छौं । हामी सबैका लागि न्याय र समर्थनको सुनिश्चित दिलाउन प्रतिबद्ध छौं । प्रकृतिको आत्माले शान्ति पाओस् ।’

विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेपछि एक सयभन्दा बढी विद्यार्थी काकडभिट्टा, जोगबनी, रक्सौल हुँदै नेपाल फर्किसकेका छन् । नेपाल आइपुगेका विद्यार्थीहरुलाई विश्वविद्यालय प्रशासनले पठाएको इमेलमा उडिसा फर्कन आह्वान गरिएकाे छ।

टिप्पणीहरू