ट्रम्पले त्यसो भन्नासाथ काठमाण्डौमा तरङ्ग

काठमाडौंको महाराजगञ्जस्थित अमेरिकी राजदूतावासले दुई वर्षदेखि दूतावासको बाहिरी भागमा झुण्डाएको ब्यानर हटाएको छ । रुस–युक्रेन युद्धपछि अमेरिकाले आफू युक्रेनको पक्षमा रहेको व्यहोरा लेख्दै ब्यानर झुण्डाएको थियो ।
रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको तीन साता नपुग्दै दूतावासमा युक्रेनको समर्थनमा झुण्डाइएको नीलो भुईंमा पहेँलो अक्षर लेखिएको ब्यानर ट्रम्पले युद्धमा युक्रेनलाई निरन्तर समर्थन गर्न नसकिने बताएपछि हटाइएको हो ।
क्त ब्यानरप्रति काठमाडौंमा रहेका झण्डै एक दर्जन विदेशी दूतावास तथा नियोगको समर्थन रहेको अमेरिकी दूतावासको दावी छ । नेपालका लागि अष्ट्रेलिया, बेलायत, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे दूतावासको समर्थन रहेको दूतावासले गत वर्ष फेब्रुअरीमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, युरोपियन युनियन र युक्रेनको कन्सुलेट जनरल अफिसले पनि ब्यानरमा समर्थन जनाएको बताइएको थियो ।
टिप्पणीहरू