दुई समूहबीचको झडपमा एक जनाको निधन
चाबहिलमा दुई समूहबीच भएको झडपमा एक जनाको ज्यान गएको छ । स्थानीय कुमारीगालमा गएराति दुई समूहबीच भएको झडपमा काभ्रेपलाञ्चोकका २२ वर्षीय अमृत कार्कीको निधन भएको जनाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराका अनुसार मृतकको परिचय यकिन भइसकेको छैन ।
उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा अमृत कार्की भएको खुलेको छ । तर, परिचय यकिन भइसकेको छैन । झडपमा उनीमाथि छुरा प्रहार हुँदा लगत्तै मृत्यु भएको हो ।’
झडपको कारण हालसम्म नखुलेको बताउँदै एसपी बोहराले अहिले घटनामा संलग्नहरुको तीव्र रुपमा खोजी भइरहेको जानकारी दिए ।
टिप्पणीहरू