सिआईडी भन्दै, सर्वसाधारणको घर खानतलासी गर्दै

सिआईडी भन्दै, सर्वसाधारणको घर खानतलासी गर्दै

कपिलवस्तुमा प्रहरीको सिआईडी भन्दै ठग्ने क्रम बढेको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका ३२ वर्षीय जीवन थापालाई सर्वसाधारणको घरमा खानतलासी लिँदै गरेको अवस्थामा पक्रेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घिमिरे र थापा आफूहरुलाई इलाका प्रहरी कार्यालय पिपराका प्रहरी बताउँदै स्थानीयको घर खानतलासी गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

घरबेटीको १७ हजार रुपैयाँ लिएका उनीहरुलाई ठगी कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू