चितवनमा पनि रविसँग कुस्त धरौटी माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न चितवन अदालतले आदेश दिएको छ ।
साहारा सहकारी ठगी मुद्दाका प्रतिवादी उनलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न न्यायाधीश दयाराम ढकालको इजलासले आदेश गरेको हो । यस मुद्दामा बयान दिन लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए भने हिजोदेखि थुनछेक बहस शुरु भएको थियो ।
हिजो बहस नसकिएपछि अदालतको आदेशले लामिछाने न्यायिक हिरासतमा गएका थिए । सरकारी वकिल कार्यालय चितवनले उनीसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।
सहकारी ठगीको चौंथो मुद्दा सामना गरेका लामिछानेविरुद्ध यसअघि कास्की, काठमाडौँ र रुपन्देही अदालतले क्रमश: ६५, ६० लाख र एक करोड धरौटी मागेको थियो ।
टिप्पणीहरू