प्रहरीको नाममा ठग्दै हिँडेका दुईजना पक्राउ

प्रहरीको नाममा ठग्दै हिँडेका दुईजना पक्राउ

नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरुपयोग गरेर फेक इमेल बनाई सर्वसाधारणलाई ठग्ने मनिषकुमार मेहता र इन्द्रजित यादव पक्राउ परेका हुन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ घर भएका २० मेहता र वडा नम्बर १ का यादवमाथि  प्रहरीका विशिष्ट व्यक्तिको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरी झुट्टा पत्र तयार गरी साइबर ब्युरोको फेक इमेल बनाएको आरोप लागेको छ । 

सोही इमेलमार्फत पीडितलाई डर त्रासमा पारेर रकम ठगी गर्ने गरिएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा उनीहरुलाई पक्राउ गरी विद्युतीय माध्यमसम्बद्ध ठगीअन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

टिप्पणीहरू