चञ्चल स्वभावकी चञ्चली च्याप्पै

छोराछोरी राम्रा विद्यालयमा पढाउने, रोजगार र स्वास्थ्यको समेत चिन्ता गर्ने अनि अरुका सन्तानलाई प्रयोग गरेर बनेपामा आलिसान महल निर्माण गर्ने र त्यही कलिला बालिकाको शरीर बिक्री गर्ने चञ्चल स्वभावकी चञ्चली महतलाई प्रहरीले समातेको छ ।
पाँचखालका उद्धवराज गिरी र बनेपाकी चञ्चली महतले रेस्टुरेण्टमा कलिला, दुःख पाएका, बाबु आमा नभएका वा कुनै एक नभएका, भएर पनि गरिब बालिकालाई वेटरको रूपमा राखेका थिए । शरीर बिक्री गर्थे । बालिकाहरूसँग सम्बन्ध राख्ने प्रयोजनमा पुग्ने पुरुषहरूले होटललाई पैसा बुझाउँथे । बाँच्नु कि मर्नुको अवस्थामा पुगेपछि पीडितहरू प्रहरीकोमा पुग्थे तर प्रहरीले बिना प्रमाण मुद्दा चलाउन मान्थेन । पछिल्लो पटक त जिल्ला प्रशासन कार्यालयबाट मुद्दा चलेपछि पनि चञ्चलीहरू धरौटीमा छुटेका छन् ।
तेश्रो पटक भने फन्दामा परे । प्रहरीले रंगेहात यौनकर्मी पुरुषलाई बालिकाको साथबाट प्रयोग गर्दै गरेको कण्डमसहित पक्राउ गरेपछि उम्कने ठावैं रहेन । २०८१ कात्तिक ९ गते पाँचखाल नगरपालिका–५ खावास्थित युथ फ्रेण्डसिप रेष्टुरेण्टमा नवीन श्रेष्ठ र बालिकालाई सम्बन्ध राखिरहेको अवस्थामा प्रहरीले समात्यो । उनीहरूको साथबाट प्रयोग गरिएका र नगरिएका कण्डमसमेत बरामद भयो । रेष्टुरेण्टका सञ्चालक उद्धवराज गिरी र म्यानेजर सुवर्ण तामाङले बालिकालाई होटलमा आउने केटासँग कोठामा बस्न पठाई निजहरूसँग प्रतिव्यक्ति १ हजार ५ सय लिने गरेका थिए । पीडितले प्रहरीलाई दिएको बयानमा सञ्चालक र म्यानेजरले ग्राहकलाई यौन सन्तुष्टि दिएबापत लिएको रकममध्ये आफूलाई प्रतिग्राहक १ हजार दिने गरेका थिए । गिरीलगायत केही फरार छन् । अदालतले पक्राउ पुर्जी जारी गरेको छ । युथ फ्रेण्डसिप रेष्टुरेण्ट उद्धवराज गिरीले ५ लाखमा किनेका थिए । गिरी शुक्रबार राति पक्राउ परेका छन् । आइतबार उनी पुर्पक्षका लागि थुनामा गएका छन् ।
बनेपाको गोदामचोकमा बालिकालाई यौन धन्दामा लगाउने चञ्चली महतलाई पनि जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । प्रेमप्रसाद न्यौपानेको इजलासले मानव बेचविखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि पठाउने आदेश २०८१ माघ १५ गते मंगलबार गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाले चञ्चली महतविरुद्ध सरकारी वकिल कार्यालयमार्फत २०८१ माघ १४ गते पूरक अभियोग दर्ता गरेको थियो । चञ्चलीले आफ्नो होटलमा आउने ग्राहकलाई बालिकासँग यौन सम्वन्ध राख्न लगाएर खावास्थित फ्रेण्डसिप रेष्टुरेण्टमा समेत पठाउने गरेकी थिइन् ।
टिप्पणीहरू