पेट्रोल छर्केर शरीरमा आगो लगाएकी महिला अस्पताल भर्ना
राजधानीमा एक महिलाले आत्मदहको प्रयास गरेकी छन् । कागेश्वर मनोहरा नगरपालिका ८, किरातचोक नजिकै आत्मदाहको प्रयास गरेकी महिलालाई शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको छ ।
उनी बा.३५ प ५८१८ नम्बरको स्कुटर चलाएर किरातचोक आएकी थिइन् । नजिकैको खालीजग्गामा स्कुटर रोकेपछि पेट्रोल छर्केर आगो लगाएको बताइन्छ ।
प्रहरीका अनुसार शरीरको धेरै भाग जलेको उनको अवस्था गम्भीर छ । आत्मदाहको प्रयास गरेकी महिला चितवनको रत्ननगर नगरपालिका–१२ घर भएकी ३८ वर्षीया कमला आचार्य हुन् ।
टिप्पणीहरू