टुँडिखेलमा मनाइयाे तमु ल्होसार (फोटोफिचर)

टुँडिखेलमा मनाइयाे तमु ल्होसार (फोटोफिचर)
सुन्नुहोस्

गुरुङ्ग समुदायले आज धुमधामसँग तमु ल्होसार मनाएका छन् । बिरालो वर्षलाई बिदाई र गरुड वर्षलाई स्वागत गर्दै उनीहरुले आज ल्होसार मनाएका हुन् । 

सोही अवसरमा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्, केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । परम्परागत भेषभूषा र झाँकीसहित उपस्थित उनीहरुले नाचगान गरेर रमाइलो गरेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो । सो क्रममा उहाँले तमु ल्होसार विश्वकै पुरानो सांस्कृतिक परम्परा भएको बताउनुभयो । 

हरेक वर्ष पुस १५ गते तमु ल्होसार मनाउने गरिएको छ । गुरुङ्गहरुको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सांस्कृतिक झाँकीसहित भव्यताका साथ तमु ल्होसार मनाउने चलन छ । 

आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

टिप्पणीहरू