पर्यटनमन्त्री पहेँलो ज्याकेट लगाउँदै विमान छड्केमा
पर्यटनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको विमानभित्रको सरसफाई अनुगमन गर्नुभएको छ । मन्त्री किराँतीले अन्तर्राष्ट्रिय उडानमा रहेका विमानभित्रको सरसफाई छड्के गर्न विमानस्थल पुगेको बताइएको छ ।
यात्रुहरुलाई प्रदान गरिएको सेवा र सरसफाईबारे अनुगमन गर्न मन्त्री विमानभित्रै पुगेको बताइन्छ । पर्यटनमन्त्रीले सामाजिक सञ्जालमा फोटो हाल्दै लेख्नुभएको छ, ‘यात्रुहरुलाई सफा र राम्रो सेवा प्रदान नगरे आउने दिनमा सम्बन्धित प्रमुखलाई विभागीय कारवाही गरिने छ ।’
टिप्पणीहरू