सहमति नजुटेपछि च्यासलमा मतदान

नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । मतदान यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकाभन्दा झण्डै ६ घण्टा ढिलो थालिएको छ ।
समहति नजुटेपछि पार्टी मुख्यालय च्यासलमा मतदान थालिएको हो । बागमती प्रदेशको अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल प्रतिस्पर्धी बनेका छन् ।
सचिवमा नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिस्पर्धा भएको छ । सिलवाल दाहाल पक्षको र ढुंगेल पण्डित पक्षले अघि सारेका हुन् ।
मतदानमा ११ सय ६५ प्रतिनिधिबाट २ सय ४० सदस्यीय कमिटी चयन हुनेछ ।
टिप्पणीहरू