भारतीय बाबा काठमाडौं विमानस्थलदेखि होटलसम्म हेलिकोप्टरमा
नेपाल आएका एक जना भारतीय बाबाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राजधानीको एउटा पाँचतारे रिसोर्टसम्म हेलिकोप्टर प्रयोग गरेका छन् । उनले जम्माजम्मी पाँच मीनेटकोे निम्ति हेलिकोप्टर प्रयोग गरेको बताइएको छ ।
सद्गुरु जगदिश वासुदेव आज विमानमा सुर्खेतबाट काठमाडौं आएपछि हेलिकोप्टर प्रयोग गरेर आलिसान होटल गएका हुन् । सामान्य जीवनयापन गर्ने भनिएका बाबा चार्टर विमान र हेलिकोप्टर प्रयोग गरेर महँगो पाँच तारे होटल तथा रिसोर्टमा बसेका हुन् ।
उनीसहित चार जना आज दिउँसो सुर्खेतबाट समिट एयरको उडानमा काठमाडौं आएको थिए । ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको उक्त टोली रन वेबाटै हेलिप्याडमा गएका थिए । त्यसपछि डाईनेष्टी हेलिकोप्टरमा जगदीश बाबासहित चार जनाको टोली नजिकैको गोकर्ण रिसोर्ट गएका थिए ।
उनै बाबालाई स्वागत गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भदौ १६ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सद्गुरुको स्वागतमा उपप्रधानमन्त्रीसँगै एक हुल विमानस्थलको आगमन कक्षमा पुगेका थिए ।
इशा फाउण्डेसनका संस्थापक वासुदेवलाई पछि सद्गुरु भन्न थालियो । जग्गी वासुदेवको जन्म १९५७ को सेप्टेम्बर ३ तारिखका दिन भारतको मैसुरमा भएको हो ।
टिप्पणीहरू