अबदेखि मास्क ‘स्वेच्छिक’

अबदेखि मास्क ‘स्वेच्छिक’

कोरोना महामारीपछि सर्वसाधारणलाई अनिवार्य गरिएको मास्क सरकारले अबदेखि स्वेच्छिक घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएकाले मास्क अनिवार्य नगरिएको जनाएको छ ।

सरकारले परिमार्जन गरेको कोभिड–१९को मापदण्डपछि मास्क प्रयोगलाई स्वेच्छिक गरेको हो ।

त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ को परीक्षण गरेको र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने अनिवार्य व्यवस्थालाई पनि हटाइएको छ ।

टिप्पणीहरू