अनलाइन ठगीको आरोपमा धर्मेन्द्र पक्राउ

अनलाइन ठगीको आरोपमा धर्मेन्द्र पक्राउ

सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

सप्तरीको बोदेबरसाइन नगरपालिका- १४ घर भई हाल काठमाडौँको सुन्धारा बस्दै आएका २३ वर्षीय धर्मेन्द्रकुमार साहलाई ठगीको आरोपमा प्रहरीले समातेको हो । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितलाई साथी बनाई बिना जानकारी पीडितकै मोबाइलमार्फत इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साहलाई हिजो नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक जाँचबुझ तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

टिप्पणीहरू