घण्टीको संकल्प : सांसदलाई पैसा बाँड्न पाईंदैन

घण्टीको संकल्प : सांसदलाई पैसा बाँड्न पाईंदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । 

पार्टी उपसभापति तथा सांसद डोलप्रसाल अर्यालले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजको माग गर्दै आज संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आइतबार संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कोष ब्युँताउँदै प्रतिसांसद पाँच करोड रुपैयाँ दिइने घोषणा गरिएको छ । 

कोषका लागि कुल ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्युँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले चर्को विरोध गरेको हो । 

संकल्प प्रस्तावमा कोष खारेज गर्नुपर्ने तीन वटा कारण उल्लेख छ । मुलुकको अर्थतन्त्र धरासायी भएको, कोष विकेन्द्रीकरणको अवधारणाविरुद्ध रहेको र भ्रष्टाचारलाई बढावा दिइएको रास्वपाको भनाई छ ।

टिप्पणीहरू